मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहिबार पनि रोकिएन नेप्सेको घट्नेक्रम



काठमाडौ चैत, ७–
नेप्से आज बिहिबार पनि घटेको छ । आज नेप्से छ दशमलव ८६ अंकले घटेर ११ सय ४० दशमलव ६० अंकमा पुुग्दा सेन्सिटिभ एक दशमलव ५२ अंकले घटेर दुुई सय ४२ दशमलव ४७ अंकमा पुुगेको छ । आज एक सय ७१ कम्पनीहरुको चार हजार छ सय ४७ वटा कारोबारमा नौ लाख ७४ हजार सात सय २६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २७ करोड २४ लाख ९४ हजार पाँच सय ६५ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार सात वटा समुहको सुचक घटेर रातो भएको छ भने चार वटा समुहको सुचक बढेर हरियो भएको छ । यि मध्ये वाणिज्य बैंक समुहको सुचक सात दशमलव १९ अंकले घटेर नौ सय ८५ दशमलव १३ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पाँच दशमलव १८ अंकले घटेर ११ सय ५६ दशमलव ६२ अंकमा झरेको छ । फाईनान्स, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा र ट्रेडिङ समुहको सुचक पनि घटेर रातै भएकाछन् । विकास बैंक, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक भने बढेर हरियो भएकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज आशा लघुुबित्त बित्तीय संस्था, भार्गभ बिकास बैंक आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा ग्लोबल आईएमई लघुबित्त बित्तीय संस्था, उन्नती माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन् । यसैगरी कारोबार भएको रकमका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, ग्वलोबल आईएमई बैकको संस्थापक सेयर आदि परेकाछन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  १० : १४ बजे