बैतडी।
नेपाली कांग्रेस जिल्लाकार्य समिती बैतडीले शिबनाथ गाउँपालिकामा आयोजना गरेको अन्तर्कृया कार्यक्रममा राप्रपा जिल्ला सदस्य राजु देवी साउद लगायत राप्रपा र नेकपा परित्याग गरी ११० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।
जिल्लामा कांग्रेस प्रबेश गर्न चाहनेहरुको सङ्ख्या बढ्दै गैरहेको नेविसंघका पूर्व केन्द्रिय सदस्य एबम पार्टिका जिल्ला नेता जनक भट्टले बताए ।
अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रबेश गरेका उनिहरुलाई कांग्रेस केन्द्रिय सदस्य रमेश लेखकले पार्टीमा स्वागत गरेका छन्।
कार्यक्रममा बोल्दै नेता लेखकले कम्युनिष्टहरुको सरकारलाई जनताले बोझको रुपमा लिन थालेको बताए।
उनले कम्युनिस्ट शासनको १ बर्षमा नै जनता निरास भएको र जनताको आकर्षण कांग्रेसप्रती बढदै गएको बताए।
कांग्रेस जिल्ला कार्य समिती वैतडीका सभापति नरेन्द्र सिंह थापाको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाकानेताहरु शिबराज भट्ट, चतुर बहादुर चन्द, कर्ण सिंह साउद, बिष्णुदत्त जोशीले आफ्नो धारणा राखेका थिए।