नवलपरासिका अग्नी पिडितहरुलाई कांग्रेस महामन्त्री डा. कोइरालाद्वारा राहत प्रदान



चैत ८, नवलपरासि –

नवलपरासिका अग्नी पिडितहरुलाई कांग्रेस महामन्त्री नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोईरालाले राहत प्रदान  गरेका छन ।नवालापरासिकोको कावासोती नगरपालिका वडा नम्बर  १३ का अग्नी पिडितहरुलाई महामन्त्री कोइरालाले राहत प्रदान गरेका हुन ।कावासोती न.पा वडा नं.१३ मा चैत ३ गते भएको आगलागिको घटनाका ३ घरधनी रामलाल थापा,हेम राज थापा र चोप बहादुर थापालाई  कोईरालाले जनही रु.१०,०००/ राहत रकम अग्नी पिडितका बुबा हर्क बहादुर र आमा हस्ती मगरलाई हस्तान्तरण गरेका हुन ।

त्यही क्षेत्रबाट प्रतिनिधि सभामा  प्रतीनिधित्व गर्ने सासंद समेत रहेका महामन्त्री कोइराला चैत ७ गतेको चितवनको कार्यक्रम सकेर आफ्नो क्षेत्रका पार्टी नेताकार्यकर्ता एबम जनतासग भेट्घाट गर्न नवलपरासी पुगेका हुन ।कोइरालाको आजै काठ्माण्डौ फर्किने कार्यक्रम रहेको छ ।

काठ्माण्डौ फर्केपछी महामन्त्री कोइराला चैत्र ११ गतेबाट ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रमका लागी जाने तयारी भइ रहेको कोइरालाका निजी सचिब एबम कांग्रेस महासमिति सदस्य भरत तिवारिले न्यू सञ्चारलाई बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ११ : ११ बजे