मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरुले होली खेलिरहदा नेविसंघ र तरुण दल भने गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री बाँड्न व्यस्त



चैत ७,कपिलबस्तु-

अरुले रङ्ग खेली होलीमनाईरहदा नेविसंघ र तरुण दल भने विद्यार्थीसँग माया साट्दै सामाजिक काममा लगागिपरे । सामाजिक कार्यका लागि नेविसंघ र तरुण दल भन्ने उद्देश्यका साथ कपिलवस्तुमा नेविसंघ र तरुण दलले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण अभियान सुरु गरेका हुन् । नेविसंघ छेत्र नं १ र तरुण दल कपिलवस्तुले शैक्षिक सामाग्री बितरण अभियान सुरु गरेको छ। कपिलवस्तु क्षेत्र नम्बर १ नेविसंघ र तरुण दलको आयोजनामा बुद्धभुमी नगरपालिका भित्रका करिब २२० भन्दा बढी विद्यार्थीहरुलाई आधादर्जन कपि र कलम बितरण गरिएको हो ।

बुद्धभुमी नगरपालिका स्थित गौतमबुद्ध उमावी गोरुसिङ्गे,सिद्धार्थ स्मारक उमावि भेलाई र गङ्गाज्योती उमावि पत्थरकोट मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि पढन र थप अगाडि बढन हौसला मिलोस भन्दै यो कार्य गरिएको हो । बिहिबार गौतमबुद्ध उमावि गोरुसिङ्गेमा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवम पूर्व सिचाईं राज्यमन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यतामा कपि तथा कलम वितरण कार्यक्रम सम्पन्न गरिएको हो । नेविसंघ बुद्धभुमी नगरपालिकाका नेता अच्युत अर्यालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति एवम पुर्व सिचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्य,विशिष्ट अतिथीहरु नेपाल तरुणदलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी,महिला संघकि मिना केसि, बिधायक रिना नेपाल बिक, बुद्धभुमी नगरका उपमेयर मिरा थारु,वडा अध्यक्ष तिलक बस्नेत, नेका क्षेत्रिय कोषाध्यक्ष बलबहादुर सेन ओली लगायतको सहभागीता रहेको थियो ।

त्यस्तै अन्य अतिथिहरुमा नेका बाणगङ्गा नगर सभापति बिष्णु थापा, सहसचिव ईश्वर थापा,बुद्धभुमि नगर सचिव कृष्ण बन्जाडे,कोषाध्यक्ष रजत आचार्य,वसन्त केसि तरुण दल जिल्ला सदस्य राजन आले,मोहन पान्डे,गौतमबुद्ध उमावि का प्रअ रामप्रसाद अर्याल,सिद्धार्थ स्मारक उमाविका प्रअ डिलाराम पौडेल, गङ्गाज्योती उमावीका प्रअ दलबहादुर जिसि,तरुणदल का केन्द्रिय पार्षद बिनोद गुरुङ,दुर्गा अधिकारी,तरुण दलका छेत्रीय उपाध्यक्ष शंकर बिष्ट, छेत्रीय सदस्य शाहिबा पाखिया, पंकज सेन,पवन थापा,सुशील कुंवर,नेविसंघका फन्नी भुसाल,टंक भुसाल,सम्झना पाण्डे,सुस्मिता पाण्डे बेनिसा बेल्बासे,मन्जु भुसाल,अमर पौडेल लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा करिब २२० जनालाई कपि र कलम बाडिएको थियो। सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी आचार्यले नेपाली कांग्रेस सदैव जनताका साथमा रहेको अहिले नेविसंघ र तरुण दलले गरेको काम प्रशंसायोग्य रहेको बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई पढनमा रुचि बढाउने हौसला मिल्ने भन्दै नेविसंघ तरुण दल बोल्ने भाषण मात्र हैन कि ब्यवहारमा नि गरेर देखाउने सङ्घठन रहेको बताए । कम्युनिस्टहरु बोल्ने काम नगर्ने खाली हावादारी गफ गर्ने गरेकोले कम्युनिस्टका बिद्यार्थी सङ्गठन भन्दा नेविसंघ फरक रहेको उनको भनाइ थियो ।

उक्त कार्यक्रममा सहभागी अन्य नेताहरुले होली पर्वको शुभकामना दिनुका साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिन नेविसंघ र तरुण दललाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ६ : १३ बजे