कांग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना, आइसियुमा उपचार हुँदै



काठमाडौं चैत, ८–
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन । शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । अहिले सिटौलालाई आइसियुमा राखेर उपचार गरिदैँछ ।
चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको बताएको सिटौलाको पारिवारिक स्रोतले जनाएको छ ।
डा भगवान कोइराला सहितको टिमले उनको उपचार गरिरहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  २ : २२ बजे