मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव नेतृत्वका तेस्रो तहका नेता हेमन्त प्रकाश ओलीसहित ८ जना पक्राउ



काठमाडौं चैत, ९–
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’सहित अन्य आठ जना पक्राउ परेका छन् । उनीहरुलाई शुक्रबार राति उनलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका ओली नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका छन् ।

महानगरी प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार ओलीसँगै धर्मराज राजबाहक, रामकृष्ण खतिवडा,शंकर अधिकारी, ललित लामा, लोकेन्द्र खड्का ,सन्जीव कार्की, वेद घिमिरे र विजय श्रेष्ठ पक्राउ परेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  २ : १४ बजे