जमरकट्टेलहरुको निशुल्क स्वास्थ्य शिविर सोलुखुम्बुको नेचामा



विराटनगर-

जमरकट्टेल वंश एकता प्रतिष्ठान विराटनगरले प्रदेश १ को  सोलुखुम्बु, नेचासल्यान गाउँपालीकाको नेचामा तीन दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

शिविर नेचासल्यान गाउँपालीकाको आर्थीक सहयोग तथा नोवेल हस्पीटल एण्ड रिर्सज सेन्टर विराटनगरका विशेषज्ञ डाक्टरहरुको उपस्थीतिमा यही चैत्र १३, १४ र १५ गते हिमाल दर्शन क्याम्पसको छात्राबासमा हुने प्रतिष्ठानका अध्यक्ष कुमार जमरकट्टेलले बताए । अध्यक्ष जमरकट्टेलका अनुसार शिविरमा जनरल मेडिसिन, मुटु रोग, प्रसुति तथा स्त्रीरोग, बाल रोग, मानसिक तथा नशा रोग, हाडजोर्नी, छाला तथा यौन रोग, नाक, कान, घाटि र दन्त सेवाका साथमा भिडियो एक्सरे, अल्ट्रासाउन्ड, ल्याव परिक्षण एवं परामर्श सेवा रहने छ ।

स्थानीय व्यवस्थापनको जिम्मेवारी पाएको जमरकट्टेल सेवा प्रतिष्ठान नेचासल्यानले शिविर सम्पन्न गर्न बिहिबारे बजारमा कार्यालय स्थापना र विभिन्न उप–समितिको गठन गरी आवश्यक तयारी गरिरहेको छ ।  प्रचारप्रसार संयोजकमा देवेन्द्र जमरकट्टेल, स्वयम सेवक संयोजकमा कुमार जमरकट्टेल, यातायात संयोजकमा प्रकाश जमरकट्टेल, सरसफाई संयोजकमा दयाराम जमरकट्टेल रहेको प्रचार संयोजक देवेन्द्र जमरकट्टेले बताए ।

प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार  १ : ४० बजे