काठमाडौं चैत, १०–
आज आईतबार नेप्से लगभग रातै देखिएको छ । नेप्सेमा आज १० वटा समुहको कारोबार भएकोमा जलबिद्युत समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घट्दा नेप्से रातै देखिएको हो । नेप्से सुचक भने आज पाँच दशमलव ७८ अंकले घटेर ११ सय ३४ दशमलव ८० अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव १७ अंकले घटेर दुई सय ४१ दशमलव २९ अंकमा पुगेको छ । आज एक सय ६६ कम्पनीहरुको सात हजार तीन सय ३६ वटा कारोबारमा आठ लाख ३० हजार ६८ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २३ करोड २४ लाख एक हजार एक सय ३१ रुपैयाँ पुगेको छ ।
आज वाणिज्य बैंक समुहको सुचक चार दशमलव ६५ अंकले घटेर नौ सय ८० दशमलव ४८ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक पनि १२ दशमलव दुई अंकले घटेर १४ सय ३७ दशमलव ९५ अंकमा झरेको छ । यसैगरी फाईनान्स, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुलक र अन्य समुहको कारोबार सुचक पनि उच्च अंकले घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज नागवेली लघुबित्त बित्तीय संस्था, सामुुदायिक लघुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा आरम्भ माईक्रो फाईनान्स बित्तीय संस्था, नेपाल सेवा लघुबित्त बित्तीय संस्था आदि परेकाछन् । कारोबार भएको रकमका आधारमा भने आज सिद्धार्थ बैंकको संस्थापक सेयर, आशा लघुबित्त बित्तीय संस्था आदि परेकाछन्।