काठमाडौं चैत, १०–
प्रतिबन्धित नेकपा विप्लव समहूलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई पनि सरकारले कारबाही गर्ने चेतावनी दिएको छ । आइतबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ ।
गत फागुन २८ मा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको सरकारले प्रतिबन्ध लगाएको दुई साता वित्न नपाउँदै विप्लव समूहमाथिको कारबाहीलाई तिब्र बनाएको छ । सरकारले विप्लव समूहका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वलीसहित ८ जनालाई काभ्रेबाट पक्राउ गरिसकेको छ ।
ओलीलाई पक्राउ गरेको भोलिपल्ट गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानूनअनुसार कारबाही हुने प्रष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरीलाई दिन आग्रह गरिएको छ ।