मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देशका विभिन्न भागमा पानी पर्ने सम्भावना



काठमाडौं चैत, ११–
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम बदली रहने जनाएको छ । आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली रहने र बाँकी स्थानमा आंशिक बदली रहने महाशाखाको भनाइ छ ।
पश्चिमी भेगका थोरै स्थानहरुमा र अन्य पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।

आज राति पनि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  २ : २० बजे