काठमाडौं चैत, ११–
आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अवकाश पाएपछि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न आज दिउँसो संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।
६ वर्षे कार्यकाल सकेर आइतबार मात्रै यादव सेवानिवृत्त भएका हुन् । त्यस्तै, आयुक्त इला शर्माले पनि आइतबारदेखि नै अवकाश पाएकी छन्।
त्यस्तै आज बस्ने परिषद् बैठकमा संविधानअनुसार गठन हुनु पर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाती आयोगको अध्यक्ष तथा सदस्य नियुक्तीका विषयमा समेत छलफल हुने बताईएको छ ।
परिषद्को सिफारिसमा यसअघि नै प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, थारु, मुस्लिम र मधेशी आयोगमा अध्यक्ष नियुक्त भैसकेका छन्। यद्यपि, ती सदस्यहरूको नियुक्ती सिफारिस हुन बाँकी छन्। आजको बैठकमा रिक्त सदस्य पदहरूमा नियुक्तीका विषयमा समेत छलफल हुने जनाईएको छ ।