खोटाङ्-
आफुले मेहनत गरेर लागाएको बाली भित्र्याउने बेला बाँदरले खाइदिन थालेपछि दिक्क बनेका किसानहरूको माग अनुसार खोटाङ्को दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले छुट्याएको १० लाख रुपैयाबाट झिकाइएका भारतिय सिकारिहरुले अहिले धमाधम बाँदर पक्रने काम गरी रहेका छन ।
कृषक समूहले भारतबाट व्यावसायिक सिकारीको खोजी गरी १० सदस्यीय एक टोलीलाई नगरपालिकामा झिकाइएको थियो ।
एउटा बाँदर नियन्त्रणमा लिए २५ सय रुपैयाँ दिने सर्तमा उनीहरूबाट बाँदर समात्ने कार्य भइरहेको बाली संरक्षण समूहका किसानहरुले बताएका छन ।
अहिलेसम्म कम्तीमा २८ वटा बाँदर नियन्त्रणमा लिइएको छ।
सिकारीहरूले एक प्रकारको जाल बिच्छ्याएर बादरलाई धपाउँदै जालमा पारेर समाउने गरेका छन ।
नियन्त्रणमा लिइएका बाँदरहरूलाई व्यवस्थापनको लागि नगरपालिकाले पहल गरी रहेको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रलाई बादर लिइदिन अनुरोध गरेकोमा सगरमाथा राष्ट्रिय निकुञ्जले अस्वीकार गरेको र कोशी टप्पुबाट आधिकारिक उत्तर प्राप्त भएको छैन। स्थानिय समाचारमा जनाइएको छ ।