तत्काल विप्लव समूहसँग वार्ताको सम्भावना छैनः रक्षामन्त्री ईश्वर पोखरेल



काठमाडौं चैत, ११–
रक्षामन्त्री ईश्वर पोखरेलले विप्लव समूहसँग तत्काल वार्ताको सम्भावना सम्भावना नरहेको बताएका छन् । सोमबार विराटनगर बिमास्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री पोखरेलले विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता काम जारी राखेकाले वार्ताको सम्भावना नरहेको बताएका हुन् ।
मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको प्रष्ट पारे ।

उनले भने, ‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ,’ , ‘विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ ।’

उनले विप्लव समूहले बम पड्काउने, मान्छे मार्ने जस्ता अनुचित काम गरेकाले सरकारले प्रतिवन्ध गरेको दाबी गरे । यद्यपि, कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्ने सरकारको मनसाय नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : १९ बजे