चैत ११,बिर्तामोड-
नेपाली कांग्रेसका पूर्व महामन्त्री एबम नेता प्रकाशमान सिंहले देशलाई सम्बृद्द बनाउन पनि जनताले नेपाली कांग्रेसकै खाचो देखिसकेको बताएका छन । झापाको बिर्तामोडमा सोमबार बिहान प्रेस युनियन झापाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार अधिनाकबादी बाटोमा अघी बढ्न खोजेको बताउदै नेता सिंहले यो सरकारले शान्ती र बिकाश दिन नसक्ने बताए ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारलाई आग्रह गर्दै उनले विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर र देशलाई द्वन्दमा लगेर समाधान नाउने बताए ।
चन्द नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाउदै नेता सिंहले बिकास र सम्बृद्दी भनेर जनतालाई ढाट्ने अब शान्ति कायम हुन पनि नदिने ? सरकारलाई उनले प्रश्न गरेका छन ।