आज भने नेप्सेमा हरियाली



काठमाडौ चैत, ११–
आज सोमबार नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज तीन दशमलव ८७ अंंकले बढेर ११ सय ३८ दशमलव ६७ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव ९५ अंकले बढेर दुुई सय ४२ दशमलव २५ अंकमा चढेको छ । नेप्सेमा आज एक सय ६९ कम्पनीहरुको पाँच हजार दुुई सय ४१ वटा कारोबारमा नौ लाख २९ हजार दुुई सय १७ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २४ करोड २६ लाख ५९ हजार पाँच सय १५ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक बढेकाछन् भने चार वटा समुहको सुचक घटेकाछन् । वाणिज्य बैंक समुहको सुचक चार दशमलव ७३ अंकले बढेर नौ सय ८५ दसमलव २१ अंकमा चढेकोमा छ भने बिकास बैंक समुहको सुचक पनि १० दशमलव २५ अंंकले बढेर १४ सय ४८ दशमलव २० अंंकमा चढेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल र लघुुबित्त समुहको सुचक पनि बढेकाछन् । जलबिद्युुत, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक भने आज घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज ग्लोवल आईएमई लघुबित्त बित्तीय संस्थ, नेपाल हाईड्रो डेभलपर कम्पनी आदि परेकाछन् भने बढी गुुमाउने कम्पनीहरुको सुचीमा युनिभर्सल पावर कम्पनी लिमिटेड, शिवम सिमेन्ट आदि परेकाछन । यसैगरी कारोबार भएको रकमका आधारमा भने आज मुुक्तिनाथ बिकास बैक, नागरिक लगानी कोष आदि परेकाछन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १० : १५ बजे