एकजुट कांग्रेसले मात्रै कम्युनिष्टहरुको मुकाबिला गर्न सक्छ : कांग्रेस महामन्त्री कोइराला



११ चैत्,बाके-

नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले सरकारले गरेका नराम्रा कामको खबारादारी सगै नेपाली कांग्रेस पार्टीलाई मजबुत बनाउन सबै एकजुट हुनुपर्ने अहिलेको आवाश्यकता भएको बताएका छन ।

आज नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले कांग्रेस एकजुट भय मात्रै कम्युनिष्टहरुको मुकाबिला गर्न सकिन्छ भन्ने यथार्थलाई नभुल्न पार्टिका सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन । पार्टी भित्र प्रतिस्पर्धा हुनु स्वाभाबिक भय पनि पार्टी भित्रको एकता लाई बिर्सन नहुने कोइरालाले बताए । देशलाई शान्ति,सुसाशन र बिकाशको दिशामा अघी बढाउन कांग्रेसकै आवश्यकता रहेकोले पार्टी भित्रका साना कुरामा नअल्झिन उनले सबै नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा पार्टिका केन्द्रिय सदस्यहरू दीपक गिरी ,किशोर सिंह राठौर,बद्री पाण्डे,कल्याण गुरुंग एबम नेपाली कांग्रेस बर्दियाका शभापति संजय गौतम  र नेताहरु महेंद्र शर्मा, कृष्ण किसोर घिमिरे लगायतले सम्बोधन गरेका थिय ।

महामन्त्री कोइराला  जिल्ला भ्रमण तथा पार्टिका नेता कार्यकर्ता भेट्घाट र बिभिन्न कार्यक्रममा सारीक हुन पार्टिका अन्य केन्द्रिय सदस्यहरु सहित हाल ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणमा रहेका छन ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १ : २८ बजे