गणेशराज पोखरेल सिटिजन्स बैंकको सिइओमा नियुक्त



चैत १२,काठ्माण्डौ-

गणेशराज पोखरेल सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सिइओ)  नियुक्त भएका छन्।

कायममुकायम सिइओका रुपमा जिम्मेवारीमा रहेका पाेखरेललाई बैंकको सोमबार बसेको २९५औं सञ्चालक समितिको बैठकले सिइओमा नियुक्ति गरेकाे हाे।

यसअघि राजनसिंह भण्डारी बै‌ंकको सिइओ थिए।

यसबीचमा उनले विभिन्न पदमा रहेर बैंकमा विभिन्न जिम्मेवारीमा रही कार्यसम्पादन गरिसकेका छन्। उनले ०६५ साल देखि दोस्रो बरियतामा रहेर कार्य सम्पादन गर्दै आएका थिए।  पोखरेल स्थापनाकाल देखिनै बैंकसँग आबद्ध व्यक्ति हुन्।

व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा लामाे कार्यअनुभव बटुलेका पाेखरेलले दुई वटा विषयमा स्नातकाेत्तर गरेका छन्। गणेशराज पोखरेल सिटिजन्स बैंकको सिइओमा नियुक्त

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ७ : ४८ बजे