आगामी महाधिबेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ : कांग्रेस महामन्त्री कोइराला



दाङ चैत, १२–

नेपाली कांग्रेसका महममन्त्री डा. शशांक कोइरालाले कांग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्ने नेता कार्यकर्ताहरुबाट आवाज उठिरहेको बताएका छन ।

मंगलबार दाङको घोरहीमा रहेको कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले  कांग्रसजनमा परिवर्तनको अनुभूति नभए कांग्रेसले गति नै लिन नसक्ने समेत बताए । देशका विभिन्न ठाँउमा कार्यकर्तासँग भेटघाट गर्ने क्रममा  पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन हुनुपर्ने कुरा नेता कार्यकर्ताहरुबाट आएको र आगामी महाधिबेशनले कार्यकर्ताहरुको त्यो भावनालाई सम्बोधन गर्ने महामन्त्री कोइरालाले बताए ।

नयाँ सोच ,नयाँ आशा र नयाँ नेतृत्वबाट मात्रै अब कांग्रेसमा नयाँ उर्जा थपिने र पार्टीले गती लिने कोइरालाको तर्क थियो ।  पार्टीमा एकता आबश्यक रहेको भन्दै उनले कांग्रेस एक भए आगामी निर्वाचनमा कम्युनिष्टलाई परास्त गर्न सकिने बताए ।

फरक प्रसङ्गमा कुरा गर्दै महामन्त्री कोइरालाले विप्लव समूहलाई नेपाली कांग्रेसले नै शान्तिपूर्ण वातावरणमा ल्याउन पहल गर्ने बताएका छन् ।

एउटा कम्युनिष्ट सरकारले अर्को कम्युनिष्ट बिद्रोही समुहलाई प्रतिबन्ध लगाउनु उचित कदम नभएको बताएका हुन् । महामन्त्री कोइरालाले विप्लव समूहलाई शान्तिपूर्ण वातावरणमा कांग्रेसले ल्याएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

ओली नेतृत्वको सरकारले सिके राउतसँग सम्झौता गरेर आफै अलमलिएको भन्दै  विखण्डनवादी र पृथकतावादी शक्तिलाई मुलधारमा ल्याए भन्ने नाउँमा सरकारले गलत कदम उठाएको उनको आरोप थियो ।

विप्लवलाई लगाएको प्रतिबन्धले मुलुकलाई र स्वयम कम्युनिष्ट पार्टीलाई फाइदा नहुने भन्दै हिंसात्मक गतिविधि त्याग्न लगाएर विप्लवलाई वार्ता र सम्वादवाट सम्बोधन गर्न सरकार लाग्नुपर्नेमा महामन्त्री कोइरालाको जोड थियो ।

महामन्त्री कोइराला जिल्ला भ्रमण तथा पार्टिका नेता कार्यकर्ता भेट्घाट र बिभिन्न कार्यक्रममा सारीक हुन पार्टिका अन्य केन्द्रिय सदस्यहरु सहित हाल ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणमा रहेका छन ।  पार्टिका केन्द्रिय सदस्यहरू मिनेन्द्र रिजाल्, दीपक गिरी ,किशोर सिंह राठौर,बद्री पाण्डे,कल्याण गुरुंग, नेता महेन्द्र शर्मा लगायत पनि कोइरालासगै भ्रमणमा हुनुहुन्छ ।

पार्टि भित्र एकताका पक्षपाती कोइराला कम बिबादित नेताको रुपमा चिनिने गरेका छन ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ८ : ०० बजे