आज भने नेप्सेमा देखियो रौनक, सबै सुचांक हरिया



काठमाडौं चैत, १२–
नेप्सेमा हरियाली छाएको छ । आज मंगलबार नेप्से दुुई दशमलव सात अंकले बढेर ११ सय ४० दशमलव ७२ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ४२ अंकले बढेर दुुई सय ४२ दशमलव ६७ अंकमा पुुगेको छ । आज एक सय ७१ कम्पनीहरुको चार हजार छ सय १३ वटा कारोबारमा आठ लाख ८२ हजार आठ सय ८५ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २१ करोड ५१ लाख २१ हजार पाँच सय ८० रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोवार हुंदा लघुबित्त समुहको सुचक रातो देखिए पनि बाँकी नौ वटा समुहको सुचक बढ्दा नेप्से हरियाली लेखिएको छ । वाणिज्य बैंक समुहको सुचक एक दशमलव १६ अंकले बढेर नौ सय ८६ दशमलव ३८ अंकमा पुुग्दा बिकास बैक समुहको सुचक शुन्य दशमलव शुन्य दुुई अंकले बढेर १४ सय ४८ दशमलव २२ अंकमा चढेको छ । जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचकपनि आज बढेकाछन् ।
कमाउने कम्पनीहरुमा आज नेपाल सेवा लघुबित्त बित्तीय संस्था, एनएमबि हाईब्रिण्ड फण्ड—१ आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा युनिर्भसल पावर कम्पनी, शिवम सिमेन्ट आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा पनि आज नेपाल बंगलादेश बैंकको संस्थापक सेयर, एनएमबि बैक आदि परेकाछन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १० : ११ बजे