धनुषामा किशोरीलाई बलत्कार गर्न खोज्ने एकजना पक्राउ



जनकपुरधाम –

प्रदेश २ को धनुषामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्।

जबरजस्ती करणी गर्न खोजेको आरोपमा सिन्धुलीको दुधौली नगरपालिका ७ कालापानीका ४५ वर्षीय मदन लामिछाने रहेको प्रहरीले जनाएको छ।

गाईवस्तु चराउन गएकी धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ की किशोरीमाथि सोमबार साँझ लामिछानेले ललाइफकाई जबरजस्ती करणी गर्न खोजेको आरोप छ।

चिसापानी प्रहरीचोकीले लामिछानेलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय ढल्केबरमा पठाएर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  २ : १३ बजे