मोरङ चैत, १३–
मोरङको सुकुना बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)का विद्यार्थीको आक्रमणबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थी घाइते भएका छन् । बुधबार शिक्षकहरूले लिएको दोहोरो सुविधाको विरोध गर्दै नेविसंघको शान्तिपूर्ण आन्दोलनमा अनेरास्ववियूका विद्यार्थीले आक्रमण गरेको नेविसंघले जनाएको छ ।
नेविसंघ सुकुना बहुमुखी क्याम्पस एकाई समितिले निकालेको बिरोध जुलुसमाथि अखिलका विद्यार्थीहरुले आक्रमण गरेका हुन् । अखिलका विद्यार्थीहरुको आक्रमणबाट नेविसंघ ३ नम्बर क्षेत्रीय सभापति होमनाथ पोखरेल, नेविसंघ क्याम्पस इकाई सभापति विजय तोलाङ्गी, सचिव समीर सम्राट र सदस्य जीवन बस्नेत घाइते भएका हुन्।
घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा ल्याइएको छ। घाइतेमध्ये तोलाङ्गीको टाउकोमा ६ वटा टाका लगाएको छ।
नेविसंघले दोशी माथी तत्काल कडा कार्बाहिको माग गर्दै सरकारले कार्बाही नगरे गुण्डागर्दिका बिरुद्द लड्न आफुहरु बाध्य हुने जनाएको छ ।