मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय विदेश सचिव गोखले आज नेपाल आउदै



काठमाडौं चैत, १४–
भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल आउँदै छन्। गोखले भारतीय सहयोग कार्यक्रम र दुई देशको हितबारे छलफल गर्न बिहिबार नेपाल आउन लागेका हुन् । दुई दिने नेपाल भ्रमणमा आउन लागेका विदेश सचिव गोखले भोली र पर्सि काठमाडौंमा लगानी सम्मेलनको सँघारमा नेपाल आउन लागेका छन् । त्यससँगै भारतीय लगानीका विषयमा पनि चर्चा हुने बताईएको छ । नेपालका भ्रमणका क्रममा भारतीय सचिव गोखलले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको नेकपा र कांग्रेसका शीर्ष नेतासँग पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ६ : ११ बजे