काठमाडौ चैत, १४–
साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेको छ । नेप्से आज दुुई दशमलव एक अंकले बढेर ११ सय ४४ दशमलव ५३ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव ३२ अंकले बढेर दुुई सय ४३ दशमलव ४९ अंकमा चढेको छ । आज एक सय ६८ कम्पनीहरुको पाँच हजार छ सय १७ वटा कारोबारमा नौ लाख ६५ हजार ७९ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २४ करोड ५९ लाख ११ हजार नौ सय १५ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार हुँदा छ वटा समुहको सुचक बढेर हरियो भएको छ भने चार वटा समुहको सुचक घटेर रातो भएको छ । यि मध्ये वाणिज्य बैंक समुहको सुचक एक दशमलव ३८ अंकले बढेर नौ सय ८९ दशमलव २९ पुुग्दा जीवन बीमा समुहको सुचक पनि २६ दशमलव ९८ अंकले बढेर पाँच हजार नौ सय २० दशमलव ९७ अंकमा पुुगेको छ । लघुबित्त, निर्जिवन बीमा, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेर हरियो भएको छ । बिकास बैंक समुहको सुचक भने तीन अंंकले घटेर १४ सय ५१ दशमलव ५८ झरेको छ । यि बाहेक जलबिद्युुत, होटल र फाईनान्स समुहको सुचक पनि घटेर रातो भएकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज सिभिल लघुबित्त बित्तीय संस्था, फरवार्ड कम्युनिटी माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा युनिर्भसल पावर कम्पनी, सहयोगी बिकास बैंकको संस्थापक सेयर आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने आज शिभव सिमेन्ट, प्रभुु बैंक आदि परेकाछन् ।
१४ चैत्र २०७५, बिहिबार
0
Shares