नेपाली जनसम्पर्क समिति मलेसियाले राजदुत पाण्डेलाई गर्यो स्वागत



मलेसिया-

मलेशियाका लागि नेपाली राजदुत उदयराज पाण्डेलाई नेपाली जनसम्पर्क समिति मलेसियाले स्वागत गरेको छ ।

रोजगारी र बिभिन्न पेशाको क्रममा मलेशियामा रहेर नेपाली कांग्रेस निकट नेपालिहरुको संस्था नेपाली कांग्रेस जनसम्पर्क समितिले राजदुत पाण्डेलाई स्वागत गरेको हो ।

त्यसक्रममा पाण्डेको कार्यकालमा मलेशियामा रहेका नेपालीहरुले भोगीरहेका समस्याहरुको समाधान हुनेमा जनसम्पर्क समिति बिश्वस्त रहेको नेपाली जनसम्पर्क समिती मलेसियाका अध्यक्ष चोलाकान्त पङ्गेनिले बताए ।

मलेसियामा रहेका सबै नेपालिहरुको साझा संस्थाको रुपमा काम गरी रहेको जनसम्पर्क सिमितिले त्याहा रहेका नेपालीहरुका समस्याहरु समाधान गर्न निरन्तर प्रयास गर्दै आइरहेको छ, त्यस्तै बिभिन्न कारणले कोही नेपालिहरु समस्यामा पर्दा समेत जनसम्पर्क समितिले सक्दो मद्दत गर्दै आइरहेको छ ।

प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार  २ : ५४ बजे