मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परिक्षा अगावै एसईई परिक्षा अन्तर्गत सामाजिक विषयको प्रश्‍नपत्र बाहिरियो



सप्तरी चैत, १५–
एसईई अन्तर्गत शुक्रबार हुने अनिवार्य समाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि बाहिरिएको छ ।

बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश २ भरीकै परीक्षा रद्द गरिएको थियो ।
बिहिबार सप्तरीमा परीक्षा अगावै एसईई अन्तर्गत अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्‍नपत्र बाहिरिएको हो ।

जिल्ला सुरक्षा समिति र शिक्षा सञ्चालन समन्वय समितिले एसईई परीक्षा थप व्यवस्थित गर्न बैठक निरन्तर गरिरहेको छ । तर, शुक्रबार पनि समितिलाई चुनौती दिँदै प्रश्‍नपत्र बाहिरिने क्रमले निरन्तरता पाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १ : ५४ बजे