मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीद्वारा लगानी सम्मेलनको उदघाटन, समृद्धिको यात्रामा हातेमालो गर्न आग्रह



काठमाडौं चैत, १५–
प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनको उदघाटन गरेका छन् । सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको सम्मेलनको शुक्रबार काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच धानमन्त्री ओलीले उदघाटन गरेका हुन् ।

सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले स्वागत मन्तव्य राख्दै सहभागीहरुलाई स्वागत गरेका छन् । सम्मेलनमा बोल्दै उनले राजनीतिक संक्रमण अन्त्य गर्दै नेपाल समृद्धिको यात्रामा अघि बढेकाले हातेमालो गरेर अघि बढ्न लगानीकर्तालाई आग्रह गरे । प्रधानमन्त्रीले राजनीतिक संक्रमणकाल सकिएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् । उनले भने, ‘नेपाल लगानीको भर्जिन ल्यान्ड हो । यहाँ कुनै असुरक्षा छैन । ढुक्क भएर लगानी गर्नुस्, सबै जिम्मा सरकारले लिन्छ ।’

उदघाटन समारोहमा बोल्दै मन्त्री खतिवडाले सम्मेलन लगानी तथा आपसी अनुभव आदानप्रदानका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै १ हजार लगानीकर्ताको उपस्थिति रहेको छ । विभिन्न ४० देशहरुबाटमात्रै ६ सय भन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिदैछ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ति परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : ०९ बजे