मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो देशमा काँग्रेस बाहेक अरुको भविष्य छैन,प्रधानमन्त्री भ्रममा छन् : कांग्रेस उपसभापति निधि



चितवन चैत, १५– नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले यो देशमा नेपाली कांग्रेस बाहेक अरुको राजनितिक भविष्य नभएको बताएका छन् । बिहिबार नेकपाको प्रदेश ३ बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई कठैबरा भनेकोप्रति आक्रोश ब्यक्त गर्दै उपसभापति निधिले अर्को चुनावसम्म पर्खन प्रधानमन्त्री ओलीलार्ई आग्रह गरेका हुन् ।

शुक्रबार नेपाल प्रेस युनियन चिवनद्वारा भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलन उनले प्रधानमन्त्रीलाई भ्रमबाट मुक्त हुन आग्रह गर्दै सरकार जनताबाट नांगीसकेको र प्रधानमन्त्री ओलीकै कारणाले अब नेकपाका दुर्दिन शुरु हुन लागेको बताए ।

उपसभापति निधिले भने, ‘जो कांग्रेस सकिएको भ्रममा पर्छ, ऊ त्यही भ्रमको शिकार हुन्छ । देशमा काँग्रेसबाहेक अरु कुनै दलको भविष्य छैन ।’
पूर्वगृहमन्त्री समेत रहेका निधिले प्रधानमन्त्रीकै कारण मुलुकमा द्वन्द्वको खतरा बढेको भन्दै पदिय गरिमाको ख्याल गरेर बोल्न पनि सुझाव दिए । प्रधानमन्त्री भ्रममा रहेका र सत्तामा रहुन्जेल त्यस्तै हुने नेता निधिको तर्क थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ७ : २२ बजे