मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्ट्रेलियामा कार दुर्घटनाः एक नेपालीको मृत्यु, पाँच घाइते



काठमाडौं चैत, १६–
अस्ट्रेलियाको सहर सिड्नीबाट अल्बतर्फ जाँदै गरेको कार दुर्घटनामा परेर एकजना नेपालीको मृत्यु भएको छ । कारमा ५ जना नेपाली सवार थिए । कारमा ५ जना नेपाली सवारी थिए । एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जनाको उपचार भइरहेको छ ।

आर्यन आचार्यको घटना स्थलमै मृत्यु भएको अष्ट्रेलियाको न्यूसाउथवेल्स प्रहरीका जनाएको छ । आचार्यसहित ५ जना सवार रहेको कारको अघिल्लो सिटमा बसेका थिए । गाडी तीव्र गतिमा भएका कारण अनियन्त्रित भई सडक छेउको रूखमा ठोकिएर दुर्घटनामा परेको थियो । रूखमा ठोकिएपछि बल्ड्याङ खाँदै दुर्घटना ग्रस्त भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान करिब साढे सात बजेको यो घटनामा कार चालक बलराम पराजुली गम्भीर घाइते भएका छन् ।

उनको उपचार अल्बरी अस्पतालमा हुन नसकेपछि क्यानबेरा रेफर गरिएको छ । त्यहाँ उनको उपचार जारी रहेपनि स्थिति चिन्ताजनक रहेको बताइएको छ ।

कारको पछिल्लो सिटमा बस्ने तीनजना अभिषेक घिमिरे, रोशन भेटवाल र विज्ञान सुवेदीको उपचार अल्बरी अस्पतालमा भइरहेको छ ।

घटना ह्युम हाईवे मुलेन्ड्रामा भएको हो । पछिल्लो सिटमा बसेका तीनैजनालाई ईमर्जेन्सी सर्भिसले कारको पछिल्लो सिटमा च्यापिएको अवस्थामा उद्धार गरेको हो ।
गम्भीर घाइते चालक पराजुलीलाई भने हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । प्रहरीले घटनाका प्रत्यक्षदर्शी या यस विषयमा केही जानकारी भए क्राईम स्टपर्स १८०० ३३३ ००० नम्बरमा फोन गरेर जानकारी उपलब्ध गराउन पनि आह्वान गरेको छ ।

पछिल्लो समय नेपाली विद्यार्थी सडक दुर्घटना, पानीमा डुबेर लगायतका घटनामा पर्ने क्रम बढेको छ । घटनाको कारणका विषयमा अष्ट्रेलियन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १ : ४६ बजे