मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशैभरका निजी विद्यालयमा शुल्क बढाउने होड, अभिवावकलाई मार



काठमाडौं चैत, १६–
देशभरका अधिकांश निजी विद्यालयले सामाजिक उत्तरदायित्वलाई बिर्संदै मनलाग्दी शुल्क बढाउन थालेका छन् ।

सबैखाले शैक्षिक सामग्री तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य पारेका निजी विद्यालयले नयाँ शैक्षिक सत्रको बहानामा पुनः शुल्क वृद्धि गर्न थालेका हुन् । अधिकांश निजी विद्यालयले बर्सेनि शुल्क वृद्धि गर्दा अभिभावकमा आर्थिक बोझ बढ्न पुगेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

अहिले अधिकांश निजी विद्यालयले विभिन्न बहानामा १० देखि २५ प्रतिशतसम्म शुल्क वृद्धि गरिरहेको अभिभावकको गुनासो छ । जथाभावी शुल्क बढाइरहँदासमेत सरकारी निकाय भने बेखबरजस्तै बन्न पुगेको छ ।

अभिभावकको सहमतिबेगर धमाधम शुल्क बढाएका विद्यालयले शुल्कसमेत खुलाउन चाहँदैनन् । विद्यालयसँग शुल्क विवरण माग्दा दिन नमिल्ने प्रतिक्रिया दिने गरेका छन् । तर, अभिभावक भने विद्यालयले जति निर्धारण ग(यो उति नै शुल्क बुझाउन बाध्य भइरहेका छन् ।

केही निजी विद्यालयले आर्थिक प्रतिवेदनसमेत गुपचुप पार्ने गरेका छन् । अधिकांश विद्यालयहरूले अभिभावकमाझ लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न अटेरी गरेको पाइएको छ । जसका कारण अभिभावकहरू चर्को शुल्क तिर्न बाध्य छन् । हाल देशभर ६ हजार ५६६ निजी विद्यालयहरू सञ्चालनमा छन् ।

शिक्षा नियमावली, २०५९ को संशोधित व्यवस्थामा विद्यालयका प्रधानाध्यापकले लेखापरीक्षणबाट प्राप्त प्रतिवेदन शिक्षक तथा अभिभावकको भेला गराई सार्वजनिक गर्नुपर्ने उल्लेख छ । विद्यालयको त्यस्तो प्रतिवेदन र वासलात नियमित रूपमा सम्बन्धित निकायमा पठाउनुपर्ने प्रावधान छ ।

लेखापरीक्षकले विद्यालयको लेखापरीक्षण गर्ने सिलसिलामा अन्य कुराका अतिरिक्त विद्यालयको आम्दानी र खर्चबारे विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरी प्रतिवेदन तयार गर्नुपर्ने प्रावधान शिक्षा नियमावलीमा छ तर अधिकांश विद्यालयले यो प्रावधानको समेत खिल्ली उडाउने गरेका छन् ।

अभिभावक दिवसको सन्दर्भ पारेर सांस्कृतिक तामझाम गर्ने र आर्थिक प्रतिवेदन गुपचुप पार्ने गरेको अभिभावकको भनाइ छ ।

अभिभावक संघका संस्थापक सुप्रभात भण्डारीले विद्यालयको लेखापरीक्षण प्रतिवेदन विद्यार्थी र अभिभावकको हातहातमा नपुगेको बताए । उनले भने, ‘विद्यालयले मनपरी शुल्क लिइरहेका छन् । तर, विद्यालयहरूले शुल्कको सन्दर्भमा अभिभावकमाझ सार्वजनिक गर्न मान्दैनन् ।’

प्रधानाध्यापकले प्रत्येकवर्ष आगामी वर्षको बजेट तयार गरी व्यवस्थापन समितिबाट स्वीकृत गराउनुपर्ने प्रावधान भए पनि त्यसो नगरेको अभिभावकको गुनासो छ । शुल्क समायोजनका लागि विद्यालयले प्रस्तावित शुल्क स्थानीय तहमा पठाउनुपर्ने प्रावधान छ ।

तर, कतिपय विद्यालयहरूले अनाधिकृत शुल्क लिइरहेका छन् । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले स्थानीय सरकार र प्याब्सनबीचको समन्वयबाट समस्याको हल हुने बताए ।, ‘स्थानीय सरकारले शुल्क निर्धारण, विद्यालय सञ्चालन अनुमतिलगायतका सबै अधिकार पाएकाले अब स्थानीय सरकारले नै यससम्बन्धमा आवश्यक योजना बनाउन जरुरी छ,’ पुरीले भने ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले विद्यालयको लेखापरीक्षण अभिभावकमाझ सार्वजनिक नगर्ने विद्यालयमाथि कारबाही प्रक्रिया थालिने बताए । प्रवक्ता डंगोलले विद्यालयको अनुगमन सम्बन्धित वडा तहबाट गर्ने व्यवस्था मिलाएको जानकारी दिँदै विद्यालयको वर्गीकरणका आधारमा शुल्क निर्धारण नगर्ने विद्यालयलाई कारबाहीको दायरामा ल्याइने जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  २ : १९ बजे