मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश २ का राज्यमन्त्रीको गाडी तोडफोड : प्रहरीद्वारा ६ राउन्ड  हवाईफायर र ४ राउन्ड अश्रुग्यास प्रहार



चैत १६, जनकपुर् –

प्रदेश २ का विभिन्न जिल्लामा एस ईई परिक्षा रोकेको बिरोधमा बिधार्थीहरु आन्दोलित भएका छन ।  लगातार दुईदिनको प्रश्नपत्र बाहिरिएपछि सरकारले प्रदेश २ मा पछी सम्पन्न गर्ने गरी परिक्षा स्थगित गरेको थियो ।  सरकारले परिक्षा स्थगित गरेको बिरोधमा  प्रदेशका विभिन्न जिल्लास्थित राजमार्गमा विद्यार्थी सडकमा उत्रिएका हुन् ।

यसै क्रममा शनिबार  आन्दोलनरत विद्यार्थीले प्रदेश सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन् । आन्दोलनकारीले धनुषाको सपहीमा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुढा प्रहार गरेका हुन् । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको र  मन्त्री यादवलाई सडक जाम रहेकाले त्यतिखेर यात्रा नगर्न भनिए पनि जबरजस्ती जाँदा गाडीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

आन्दोलनकारी  विद्यार्थीका कारण बाराको जितपुर क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलनकारीले जितपुरमा प्रहरीको एउटा गाडी र मोटरसाइकलमा आगजनी गरेका छन् ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले  प्रहरीले  ६ राउन्ड  हवाईफायर र ४ राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ । प्रदर्शनमा विद्यार्थीका नाममा तस्कर तथा अन्य राजनीतिक दलको घुसपैठ भएको आशङ्का रहेको डीआईजी हरिबहादुर पालले जनाएका छन ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १० : २१ बजे