मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीबाट कांग्रेसका शीर्ष नेताको एउटै स्वरः भष्ट्राचारको जगमा उभिएको कम्युनिष्ट सरकारले समृद्धि खोज्नु मुर्खता मात्रै



गुल्मी चैत, १६–
नेपाली कांग्रेसका शीर्ष नेताहरु शनिबार गुल्मीमा एकसाथ कांग्रेसलाई बलियो बनाउन सहमत भएका छन् । नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न कांग्रेसका शीर्ष नेताहरु एकपैटक गुल्मी पुगेका हुन् । कांग्रेस गुल्मीका प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाल मुलुकमा दुई तिहाईको सरकारले हत्या, हिंसा र बलात्कारबाहेक केही गर्न नसकेको आरोप लगाए । बलात्कारी र भष्ट्राचारीलाई संरक्षण गर्दैमा सरकारलाई काम गर्ने फुर्सद नभएको सभापति देउवाको आरोप थियो । पूर्वप्रधानमन्त्री समेत रहेक देउवाले कम्यूनिष्टका सस्ता नाराबाट नेपाली जनता झुक्किएको बताउँदै कांग्रेसको विचार र सिद्धान्त लिएर गाउँ पुग्ने बताए ।

सभापति देउवाले विचारहीन कम्युनिस्ट र एजेण्डा बिनाको केपी ओली सरकार प्रचारमै सिमित भएकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे । सोही कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भष्ट्राचारको जगमा उभिएको सरकारले समृद्धिको आधार खोज्नु मुर्खता भएको बताए । उनले भने, ‘भ्रष्टचार गर्दिन र गर्न दिन्न भन्ने केपी ओली अहिले अख्तियार तर्साउने खेलमा लागेका छन् । ’

‘वाइडबडीको प्रमाण संसद र समितिमा छ, ओलीले कमिशनकै लागि सहेर बसेका छन,’ नेता पौड्यलले भने, ‘ऐन सेल र बुढिगण्डकीको जलविद्युतमा बार्गेनिङ्ग चलेको छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा शशांक कोइरालाले पार्टीको विचार, सिद्धान्त र कार्यकर्ता एकजुट भए पनि भ्रमले निर्वाचनमा कांग्रेस पछि परेको बताए । अब प्रमुख काम पार्टी निर्माण र सरकारको खबरदारी भएकाले अर्को निर्वाचनमा दुई तिहाई मत प्राप्त गर्ने बताएका थिए । उनले सडक, विश्व विद्यालय र मेडिकल कलेज स्थापना गर्ने कांग्रेस भए पनि त्यसको जस नेकपाको सरकार र नेताले लिएको बताए ।

कांग्रेसका सह–महामन्त्री प्रकाश शरण महतले अहिलेको सरकार नाफा कमाउने कम्पनी भएको टिप्पणी गरे । उनले सरकारले विज्ञापनमार्फत कांग्रेसले गरेका कामको प्रचार गरी नाफा कमाउन खोजेको बताए । साथै उनले कम्युनिस्टको संगठन निर्माण र प्रचार गर्ने तरिका कांग्रेसले सिक्नुपर्ने बताए । ‘कांग्रेसले काम गर्छ, प्रचार गर्दैन,’ उनले भने, ‘कम्युनिस्टले सबै काम आफैले गरेको प्रचार गर्छ ।’

कांग्रेसका मुख्य र शीर्षस्त नेताहरुलाई एउटै मञ्चमा देख्दा नेता कार्यकर्तामा एकखाले उत्साह पनि देखिन्थ्यो । कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलन केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहित अन्य कांग्रेसका प्रभावशाली नेतारु गुल्मी पुगेका थिए ।
जिल्लादेखि केन्द्रसम्मको कांग्रेसलाई मजबुत बन्न सन्देश दिने उद्देश्यले गुल्मी कांग्रेसले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।
आजको कार्यक्रममा नेकपाका सयौं कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकाहरुलाई सभापति देउवा र नेता पौडेलले सम्मानसहित पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  २ : १७ बजे