मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारलाई सञ्चारमन्त्रीको प्रश्नः आफ्नो समाचार हेरेर आफैंलाई लाज लाग्दैन ?



काठमाडौं चैत, १७–
सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको बताएका छन् । उनले प्रेस स्वतन्त्रतालाई लिएर वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न समेत आग्रह गरेका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको र कुनै पनि अवस्थामा अपहरित हुन नदिने बताएका हुन् । मन्त्री बास्कोटाले भने, ‘स्वतन्त्रताबारे स्पष्ट भए हुन्छ, अपहरित हुँदैन । ज्ञानेन्द्रसित तुलना नगर्नुहोला ।’

ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य विल्कुल भिन्न भएको उनको भनाइ थियो । कसैले जनताको अधिकार खोस्यो, कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको इतिहाँस हुँदा पनि बारम्बार यस्तो प्रश्न उठेकोमा मन्त्री बास्कोटाले आपत्ति जनाए ।

पछिल्लो समय अनलाइन मिडियाहरुमा हेर्नै नसकिने विषयबस्तुहरु आउन थालेको भन्दै मन्त्री बास्कोटाले बेलाबेला मिडियाको आतंक जस्तो देखिन गरेको टिप्पणी गरे ।

बास्तविक पत्रकारहरु समेत लज्जित हुन थालेको भन्दै उनले भने, ‘भर्खरै सत्तारूढ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणमा केकेसम्म समाचार छाप्नुभयो । आफ्नो समाचार हेरेर आफैंलाई लाज लाग्दैन ? आफ्नो धोती खुस्किएको थाहा छैन सरकारमाथि ख्याउँख्याउँ ‘ अचम्म लाग्छ बा ।’

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : २५ बजे