त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  सोमबारदेखी दैनिक १० घण्टा बन्द हुने



काठ्माण्डौ-

काठ्माण्डौस्थित नेपालकै एक मात्रै  अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ।

विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो। धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ।

हाल बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालनमा रहेको विमानस्थल  मर्मतको अवधि अर्थात (१अप्रिल २०१९ देखि जुन ३०) सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।  बिमान्स्थलको सञ्चालन अब धि छोटिदा यात्रु हरु र कार्गो क्षेत्र भने केहि समय प्रभाअबित हुने ब ताइएको छ ।

प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार  ९ : ३३ बजे