ओली सरकारले ल्याएको बेरोजगार भत्ता योजनाको बिरुद्दमा माधब नेपाल



काठमाडौं चैत, १७–
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले वेरोजगारहरुलाई दिने भनेको भत्ताको विरोध गरेका छन् । पूर्वप्रधामन्त्री समेत रहेका नेपालले यस्ता योजना क्षणिक रुपमा राम्रो भए पनि दिर्घकालिन नहुने बताएका हुन् ।

नागरिक सरोकार समाज नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्याशालामा बोल्दै नेता नेपालले बेरोजगार भत्ताले युवाहरुमा परनिर्भता बढ्न सक्ने चिन्ता व्यक्त गरे । उनले भत्ता होइन रोजगार सिर्जना गर्नु पर्नेमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
राज्यले आफ्ना देशका युवाहरुलाई रोजगारीका लागि योग्य बनाउन कसरी हुन्छ काम गर्नु पर्ने नेता नेतापलको भनाइ थियो । नेपालको शिक्षा जीवन उपयोगी नभएको भन्दै उनले पाठ्क्रम पनि परिमार्जन गर्नुपर्ने बताए ।

पाठ्यक्रम परिमार्जन गरेर राज्यले सिप आर्जन हुने किसिमको शिक्षा नीति बनाउनु पर्ने उनको सुझाव थियो । तर सबै कुरामा राज्यकै भर नपर्न युवाहरुलाई उनको सुझाव थियो ।

‘राज्यले रोजगारी दिन अग्रसरता देखाउनु पर्छ, तर राज्यले दिन्छ भनेर भर नपर्न भने म युवाहरुलाई आग्रह गर्छु’ उनले भने, ‘एदम गर्नुस, स्वरोजगार बन्नुस, गाई पालेर सफल भएका उदाहरण धेरै छन् ।’

प्रकाशित मिति : चैत्र १७, २०७५ आइतबार  १० : १० बजे