नेप्सेमा उच्च वृद्धिले हौसिए लगानीकर्ता



काठमाडौं चैत, २४–
नेप्सेमा आज उच्च अंकको बृद्धि देखिएको छ । नेप्से आज १७ दशमलव १६ अंकले बढेर ११ सय ८२ दशमलव ३६ अंकमा पुुग्दा सेन्सिटिभ पनि चार दशमलव ४१ अंकले बढेर दुुई सय ५२ दशमलव ९८ अंकमा चढेको छ । आज एक सय ६८ कम्पनीहरुको सात हजार पाँच सय ३२ वटा कारोबारमा १८ लाख ८७ हजार तीन सय ७३ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ५४ करोड ३९ लाख ५५ हजार छ सय ४२ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा पाँच वटा समुहले कमाएकाछन् भने चार वटा समुहले गुमाएकाछन् । अन्य समुहको सुचक भने आज स्थिर रहेको छ । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक २८ दशमलव १९ अंकले बढेर एक हजार ५२ दशमलव ९८ अंकमा चढेको छ । बिकास बैंक, होटल, फाईनान्स र जीवन बीमा समुहको सुचक पनि बढेर हरियो भएकाछन् । गुमाउने समुहमा परेको जलबिद्युुत समुहको सुचक भने दुुई दसमलव ७५ अंकले घटेर ११ सय ५० दशमलव अंकमा झरेको छ । निर्जिवन बीमा, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज एन आई सी एशिया बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा युनिभर्सल पावर कम्पनी, सिन्धुु बिकास बैंक आदि परेकाछन् । कारोवार भएकोमा रकमका आधारमा भने आज एन आई सी एशिया बैंक, एनएमबि बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।

प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार  १० : २८ बजे