काठमाडौं चैत, २५–
काठमाडौंका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारी साधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विधेयक काठमाडौं महानगरपालिका नगरसभाबाट पारित भएको छ ।
आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विधेयक पारित गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पारित विधेयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।