काठमाडौं चैत, २५–
मलेसियामा भएको बस दुर्घटनामा ५ नेपालीको मृत्यु भएको छ । मलाया मेल समाचारपत्रका अनुसार आइतबार राति भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको हो । जसमध्ये ५ जना नेपाली पनि रहेका छन् । आइतबार राति काममा जान लागेका विदेशी कामदार बोकेको बस राति ११ बजे सेपाङ क्षेत्रमा नालीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी मलेसियाका बस ड्राइभरसहित ३ इन्डोनेसियन र २ बंगालदेशी कामदारको पनि ज्यान गएको छ।
४३ यात्रु बोकेको बस एकदमै सजिलो ठाउँमा दुर्घटनामा परेका मलेसियाली अधिकारीहरूले जनाएका छन्। दुर्घटनाको कारणबारे खुलेको छैन। दुर्घटनामा कुन देशका कति कामदार घाइते भए भन्ने खुलाइको छैन।
बसमा १३÷१४ जना नेपाली कामदार चढेको बुझिए पनि थप जानकारी आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।