काठमाडौं चैत, २५–
आज सोमबार सेयर कारोबार रकम झण्डै एक अर्ब रुपैयाँ पुुगेको छ । नेप्से आज नौ दशमलव ३२ अंकले बढेर ११ सय ९१ दशमलव ६८ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुुई दशमलव दुुई अंकले बढेर दुुई सय ५५ अंकमा चढेको छ । आज एक सय ७० वटा कम्पनीहरुको ११ हजार तीन सय ६० वटा कारोबारमा २९ लाख ५१ हजार चार सय ७८ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोबार रकम ९० करोड ६९ लाख ३६ हजार सात सय ६३ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा होटल र अन्य समुहले गुमाए पनि बाँकी आठ वटा समुहले कमाएका छन् । वाणिज्य बैंक समुहको सुचक चार दशमलव ९८ अंकले बढेर एक हजार ५७ दशमलव ९७ अंकमा पुुग्दा जलबिद्युुत समुहको सचुक पनि शुन्य दशमलव ६९ अंकले बढेर ११ सय ५० दशमलव ६९ अंकमा पुुगेको छ । बिकास बैंक, फाईनान्स, निजिर्वन बीमा, जीवन बीमा, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज समिट माईक्रोफाईनान्स बित्तीय संस्था, ग्लोबल आर्ईएमई समुुन्नत योजना—१ आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा राधी जलबिद्युुत कम्पनी, युनिभर्सल पावर कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबार भएको आधारमा भने आज एन आईसी एशिया बैैक, एनएमबि बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।
चैत्र २५, २०७५ सोमबार
0
Shares