अपांग महासंघमा नेतृत्वका लागी निर्बाचन शुरु ,लोकतान्त्रीक समुहले जित्ने सम्भाबना बढ्दै



काठमाडौं चैत, २६–

नेपाल अपांग महासंघको महाधिवेशन बिराटनगरमा शुरु भय सगै नेतृत्वमा को पुग्ने भन्ने दौड्धुप शुरु भएको छ ।

नेतृत्व चयनका लागी १२ बजे बाट मतदान शुरु भएको छ । देशै भरी बाट कारीब ६०० मतदाताहरु मतदानमा सहभागी रहेका छन ।

महाधिबेशनमा सबै किसिमको अपांगता भएका ब्यक्तिहरुको  सहभागिता रहेको छ भने सबै प्रकारको अपांगता भएकाहरुलाई मतदान गर्न सहज हुने किशिमको अपांगता मैत्री बिधुतिय मेशिन मार्फत मतदान गर्न सक्ने ब्यबस्था मिलाईएको छ ।

निर्बाचनमा नेतृत्वका लागि लोकतान्त्रिक (नेपाली कांग्रेस)को पक्षबाट गणेश केसी र प्रगतिशील (नेकपा)को तर्फबाट राम कार्की र मित्रलाल शर्माबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

निर्बाचनबाट लोकतान्त्रिक पक्ष नेतृत्वमा आउने सम्भाबना बढी रहेको नेविसंघ पूर्व केन्द्रिय सदस्य एबम हाल निर्बाचन परिचालनमा सकृय रहेका बिकाश थापाले जानकारी दिएका छन ।

राष्ट्रीय अपांग महासंघ देशैभरिका अपांगता भएका ब्यक्तीहरुको छाता सङ्गठ्नको रुपमा कृयाशिल रहेको छ ।

प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार  ७ : ४३ बजे