नेप्सेको यात्रा फेरी ओरालो लयमा



काठमाडौं चैत, २६–
अघिल्लो दुुई दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार उच्च अंकले घटेको छ । नेप्से आज १० दशमलव ५८ अंकले घटेर ११ सय ८१ दशमलव १० अंकमा सिमित हुुंदा सेन्सिटिभ पनि दुुई दशमलव १५ अंकले घटेर दुुई सय ५२ दशमलव ८५ सिमित हुुन पुुगेको छ । आज एक सय ७० कम्पनीहरुको सात हजार ७० वटा कारोबारमा २७ लाख ८८ हजार आठ सय ८६ कित्ता सेयर किनबेच भएकाछन् । सेयर कारोबार रकम पनि ७३ करोड ५१ लाख ५९ हजार नौ सय ९२ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा १० वटै समुहको सुचक घट्दा नेप्से पुरै रातो भएको छ । वाणिज्य बैंक समुहको सुचक नौ दशमलव ३६ अंकले घटेर एक हजार ४८ दशमलव ६१ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक तीन दशमलव ३५ अंकले घटेर १४ सय ७५ दशमलव २७ अंकमा झरेको छ । जलबिद्युुत समुहको सुचक पनि छ दशमलव ८९ अंकले घटेर ११ सय ४३ दशमलव ८० अंकमा झरेको छ । लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, उन्नती माईक्रो फाईनान्स आदि परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी, घलेम्दी हाईड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबार भएको आधारमा भने नेको इन्स्योरेन्स कम्पनी, कुुमारी बैक लगायतका कम्पनीहरु परेकाछन् ।

प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार  १० : ११ बजे