चैत २७, विराटनगर-
मोरङ व्यपार संघले बारा र पर्साका हावाहुरीबाट पिडितहरुका लागी हावा हुरी प्रभाबित क्षेत्रमा ४ लाख रुपैया बराबरको राहत सामाग्री पठाएको छ । संघले नेपाली काग्रेस निकट तरुण दल मार्फत प्रभाबित क्षेत्रमा राहात सामाग्री पठाएको हो ।
संघले दुईसय परिवारलाई पुग्ने चामल, दाल, नुन, प्याज, ब्रस, तुथपेस्ट पिडितहरुलाई बितरणका लागी पठाएको छ ।
मोरङ व्यपार संघका अध्यक्ष पवनकुमार सारडा र पुर्व अध्यक्ष महेश जाजुले एक समारोहकाबिच तरुणदल मोरङका अध्यक्ष संजय थापा र कोषध्यक्ष अनिललक्षमी रिजाललाई सो राहत सामाग्री हस्तान्तरण गरे ।
तेस्तै तरुणदल मोरङ आफैले जिल्ला भित्र सङ्कलन गरेको थप तिन लाख रुपैया बराबरको राहात सामाग्री पनि संगै लगेको छ । दुईसय परिवारलाई पुग्ने त्रिपाल, झुल, तन्ना , टर्च सहित तरुणदल मोरङको टोलीले प्रभाबित क्षेत्रमा राहत बितरण शुरु गरेको छ ।
काग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको नेतृत्वमा तरुदल मोरङले हावाहुरी प्रभाबित क्षेत्रका पिडितहरुलाई मानबिय सहयोगका लागी राहत बितरण गरेको हो ।
केहि दिन अघाडी आएको हावाहुरी सहितको बिनाशकारी आँधीबाट बारा र पर्सामा २९ जनाको मृत्यु हुनुका साथै ४ सय बढी घाइते भएका छन् । तेस्तै ठुलो सङ्ख्यामा घर बार बिहिन समेत भएका छन ।