नेप्से बढ्यो, लगानीकर्तामा खुशीयाली



काठमाडौ चैत, २७–
नेप्से आज बढेको छ । आज बुुधवार नेप्से तीन दशमलव ५२ अंकले बढेर ११ सय ८४ दशमलव ६१ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ७३ अंकले बढेर दुुई सय ५३ दशमलव ५८ अंकमा चढेको छ । आज एक सय ६९ कम्पनीहरुको पाँच हजार नौ सय ७५ वटा कारोबारमा १६ लाख १२ हजार तीन सय ९६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ४१ करोड चार लाख ९४ हजार छ सय ३२ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोवार भएकोमा जलबिद्युुत समुहको सुचक घटेर रातो देखिएपनि बाँकी समुहको सुचक बढेर हरियो देखिएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक दुुुई दशमलव ९६ अंकले बढेर एक हजार ५१ दशमलव ५७ अंकमा पुुग्दा विकास बैंक समुहको सुचक तीन दशमलव १४ अंकले बढेर १४ सय ७८ दशमलव ४१ अंकमा चढेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादमुुनक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेर रातो भएको छ ।
कमाउने कम्पनीहरुको सुचीमा आज नेपाल कम्युुनिटी डेभलपमेन्ट बैंक, रिलायन्स फाईनान्स आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुुचीमा उन्नती माईक्रो फाईनान्स बित्तीय संस्था, घलेम्दी हाईड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबार भएको आधारमा भने कुुमारी बैंक, एन आईसी एशिया बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार  १० : १६ बजे