मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा जीप दुर्घटनाः कांग्रेसका पूर्व सांसदसहित दुईजनाको ज्यान गयो



गुल्मी चैत, २८–
गुल्मीको मुसिकोट नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । बुधबार बिहान मुसिकोट नगरपालिका १ को चैन डाँडामा भएको उक्त दुर्घटनामा नेपाली काँग्रेसका पूर्व सांसद ६५ वर्षका रुद्रमणी शर्मा भण्डारी र वस्कर विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । मालिका गाउँपालिकाको दर्लिङ्गबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटनामा परी घाइते भएका ४ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । अन्य ४ जनालाई भने गुल्मी अस्पताल तम्घास लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  ५ : ०९ बजे