मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध



काठमाडौं चैत, २८–
नेपालमा पब्जी खेल प्रतिबन्ध भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकै युवाहरुले निकै मनपराएको उक्त खेल प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि पत्र पठाइएको जानकारी गराए ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार  १० : ३० बजे