विराटनगर,२८ चैत –
विराटनगर कांग्रेसका नेताहरुले हावाहुरी प्रभावीत क्षेत्रका पिडीतहरुलाई राहात वितरण गरेका छन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको नेतृत्वमा नेवीसंघका पुर्व सह–महामन्त्री कृष्ण कार्की, तरुदल मोरङका कोषध्यक्ष अनिललक्ष्मी रिजाल , तरुणदल मोरङका अध्यक्ष संञ्जय थापा , लगायतको टोलीले बाराहा पुगेर २ सय परीवारलाई राहत बितरण गरेको हो ।
करिब २ लाख रुपैयाको राहात तरुदल मोरङले बितरण गरेको हो । मोरङ व्यपार संघले समेत तरुणदललाई करिब ४ लाख रुपैयाको राहात सामाग्री वितरणकालागी हुरी प्रभावीत क्षेत्रमा पठाएको थियो । बारामा काग्रेसको नेतृत्वमा ६ लाखको राहात समाग्री वितरण भएको तरुणदलका नेता अनील लक्षमी रिजालले बताए ।
केहि दिन अघाडी आएको हावाहुरी सहितको बिनाशकारी आँधीबाट बारा र पर्सामा २९ जनाको मृत्यु हुनुका साथै ४ सय बढी घाइते भएका छन् । तेस्तै ठुलो सङ्ख्यामा घर बार बिहिन समेत भएका छन ।