नबिल बैंक र ह्याम्स हस्पिटलबीच सहकार्य गर्ने सम्झौता



काठमाडौं चैत, २९–
ह्याम्स र नबिल बैंकबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । धुम्बाराहीमा गरिएको सम्झौतामा अस्पतालका तर्फबाट अध्यक्ष्य आर एस भण्डारी तथा नबिल बैंकका तर्फबाट रिटेल बिजनेस विभाग प्रमुख निरज शर्माले हस्ताक्षर गरेका हुुन् ।
सम्झौता संगै अब ह्याम्समा नबिल बैंकका सेवाग्राहीलाई विशेष सहुलियत प्राप्त हुनेछ भने यस बाहेक बैंकको स्वास्थ्य सचेतना कार्यक्रममा अस्पतालले सहकार्य गर्ने भएको छ । सुलभ खर्चमा उत्कृस्ट सेवा र सुविधा संचालन गर्ने अभियानको रुपमा अघि सारेको ह्याम्स नेपालको स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासका लागि आर्थिक, सामाजिक लगायतका संस्थाहरुसंगै सहकार्य गर्दै जाने योजना बनाएकोमा देशको ठुलो जनसंख्या समेटेको नबिल बैंकसंग अस्पतालले सहकार्य गरेको हो ।
बिहीबार भएको सम्झौतामा नबिल बैकका तर्फबाट उपस्थित हुनुभएका शर्माले दीर्घकालीन ढंगले अस्पताल र बैंकले सहकार्य गरी स्वस्थ र समृद्ध नेपाली अभियानलाई सार्थक गर्न सकिने बताए ।
नबिल बैंकले ७५ वटा शाखाहरुको सञ्जाल, एक सय २८ वटा एटिएमहरुको विशाल संरचना र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु सँगै अघि बढ्ने विश्वास लिएको छ ।

प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार  १० : ०८ बजे