मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक



काठमाडौं चैत, २९–
नेपाल टेलिकमले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । टेलिकमले ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको हो । जसअनुसार टेलिकमले डाटा, भ्वाइस कल तथा एसएमएस प्याक उपलब्ध गराउने भएको छ । त्यस्तै, अफर अनुसार २ सय रुपैयाँमा ग्राहकले एउटा प्याकेज खरिद गर्न सक्नेछन् । उक्त प्याकेजमा ३ जीबी डाटा, कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल र २ सय वटा एसएमएस उपलब्ध हुनेछ ।

प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहने छ। योे प्याक २०७५ चैत ३० देखि बैशाख २ सम्म खरिद गर्न सकिने छ। यसका लागि एन्टीसी सिम प्रयोगकर्ताले १४१५ डायल गरेर पनि प्याक खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : ५५ बजे