नेपाल उद्योग वाणिज्य महासङ्घको ५३ औं बार्षिक साधरणसभा काठमाडौंमा सम्पन्न



शुक्रबार, चैत्र २९, २०७५

नेपाल उद्योग वाणिज्य महासङ्घको ५३औ बार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी ओलिले हिजो काठमाडौंको याक एण्ड यति होटेलमा उद्घाटन गरेसँगै शुरु भएको साधरणसभा महासङ्घको ५३औ बार्षिक प्रतिबेदन पारित गर्दै आज लालितपुरको हेरिटेज गार्डेनमा सम्पन्न भएको हो । समापनको क्रममा बोल्दै महासङ्घ अध्यक्ष भवानी राणाले महासङ्घका लागी गएको बर्ष उपलब्धी मुलक भएको बताईन् ।

उनले देशमा उद्योग ब्यबसाय मैत्री वातावरण अझै बन्न नसकेको भन्दै त्यसका लागी सरकारी प्रतिबद्दताको ब्यबहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिईन् ।

अध्यक्ष राणाले महासङ्घको साधारणसभा पुर्ण सफलताका साथ सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै साधारणसभामा सहभागी भई दिएकोमा प्रधानमन्त्री, बिभिन्न प्रदेशका मुख्य मन्त्री ,उद्योगी ब्यबसायी लगायत सबैलाई धन्यबाद ब्यक्त गरिन् ।

साधारण सभामा प्रदेश नम्बर २ का मुख्य मन्त्री लाबु पण्डितले २ नम्बर प्रदेशमा लगानी गर्ने लगानिकर्ताहरुलाई लक्षित गर्दै गरेको घोषणाले उधोगी ब्यबसायीहरुलाई उत्साही बनाएको महासङ्घका कार्यकारिणी सदस्य एबम नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्कीले न्यू सञ्चारलाई बताए ।

 

मुख्य मन्त्री पण्डितले लागानी गर्न लागानिकर्ताहरुलाई आग्रह गर्दै उक्त प्रदेशमा लगानी गर्ने लागानिकर्ताहरुलाई निशुल्क जमिन उपलब्ध गराउने ,कर छुटको ब्यबस्था मिलाउने उधोगी बयबसायी र उनिहरुले सञ्चालन गरेको ब्यबसायको पुर्ण सुरक्षाको सरकारले ब्यबस्था मिलाउने भनि गरेको घोषणा कार्यान्वयनमा आए उद्योगी ब्यबसायीहरुका लागी त्यो खुशिको कुरा भएको र आफुहरु त्यसको प्रतिक्षामा रहेको  समेत कार्किले बताए ।

 

 

 

प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार  २ : ३२ बजे