सोलुखुम्बु वैशाख, १–
सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना भएको छ । उक्त विमान पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किदा३ जनाको मृत्यु भएको हो । रामेछापका लागि उडान भर्ने क्रममा धावन मार्गमा चिप्लिएर समिट एयरको नाईन एन एएमएच विमान मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएपछि पाईलटसहित अन्य केही घाइते भएका छन् । जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ एयरको हेलिकप्टरसित ठोकिएको हो ।
दुर्घटनामा समिट एयरका कोपाईलट र ड्युटीमा रहेका २ प्रहरीको मृत्यु भएको बताईएको छ । विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार समिट एयरका क्याप्टेनसहित केहीलाई भने उपचारका लागि काठमाडौं ल्याईएको छ । विमानमा चालक दलका सदस्य मात्र थिए । समिट एयरका अनुसार, विमानमा क्याप्टेन रवीन्द्र रोकाया, कोपाइलट श्रवण खड्का र एयर विमान परिचारिका मात्र थिए । क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । एयर होस्टेज पनि घाइते छन् ।