नयाँबर्षसँगै नेप्सेमा देखियो हरीयाली



काठमाडौं वैशाख, २–
लगानीकर्ताहरुको लागि नयाँ बर्षको पहिलो कारोबार दिनको सेयर बजार सुखद देखिएको छ । यसदिन अर्थात आज सोमबार नेप्से चार दशमलव सात अंकले बढेर ११ सय ८८ दशमलव ७१ अंकमा पुुग्दा सेन्सिटिभ एक दशमलव १३ अंकले बढेर दुुई सय ५४ दशमलव ७७ अंकमा चढेको छ । आज एक सय ६५ कम्पनीहरुको पाँच हजार चार सय पाँच वटा कारोबारमा नौ लाख ६४ हजार पाँच सय ९८ कित्ता सेयर खरिद किनबेच भएकाछन भने सेयर कारोबार रकम ३० करोड ४५ लाख ७६ हजार सात सय ८२ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा छ वटा समुहले कमाएका छन् भने चार वटाले गुमाएका छन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ८९ अंकले बढेर एक हजार ५८ अंकमा चढेको छ । यसैगरी विकास बैक समुहको सुचक चार दशमलव १३ अंंकले बढेर १४ सय ८३ दशमलव ८३ अंकमा चढेको छ । यसैगरी निर्जिवन बीमा, लघुुबित्त, होटल र उत्पादनमुुलक समुहको सुचक पनि बढेकाछन् । गुुमाउने कम्पनीको सुचीमा परेको जलबिद्युुत समुहको सुचक भने पाँच दशमलव ३२ अंकले घटेर ११ सय ३३ दशमलव ४२ अंकमा झरेको छ । जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुुचीमा भने आज एभरेष्ट इन्स्योरेन्स कम्पनी, साना किसान बिकास बैंक आदि परेकाछन यसैगरी गुुुमाउने कम्पनीहरुको सुचीमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, खानीखोला हाईड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेको इन्स्योरेन्स कम्पनी, कुुमारी बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार  १० : ०१ बजे